विमल ट्रायलको लागि भोलि बेल्जियम जाँदै

 नेपाली फुटबल टिमका युवा स्ट्राइकर विमल घर्तिमगर ट्रायलका लागि भोली (बुधबार) बेल्जियम जादै छन् ।

च्यासल युथ क्लबबाट ए डिभिजन लिग फुटबल खेल्दै आएका विमल बेल्जियमको क्लबमा ट्रायल दिन जान लागेका हुन् ।

मंगलबार बिमलले फेसबुकबाट च्यासल युथ क्लबका सबै खेलाडी तथा अफिसियललाई धन्यवाद दिदै सोचेअनुरुपको नतिजा नआएपनि आफ्नो डेब्यु ए डिभिजन लिगमा रमाइलो गरेको उल्लेख गरेका छन् । उनले आउने दिनमा च्यासलले राम्रो नतिजा निकाल्न पनि शुभकामना दिएका छन् ।

विमल यसअघि नै बेल्जियम जाने मिति तय भएको थियो । तर केही प्राविधिक कारण उनको प्रस्थान केहिदिनसम्म रोकिएको थियो । यसअघि पनि ट्रायल दिइसकेका विमल यो पटक भने राम्रो गर्ने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

NEWSVIDEOSACTIVE SHOPINTERNATIONALENTERTAINMENTPreeti To Unicode